धनगढीबाट अछाम जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते

अत्तरिया : धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार शनिबार बिहान जिल्लाको शिखर नगरपालिका-१ गेरुपानी भन्ने स्थानमा ना५ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार ७ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण र घाइतेबारे पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.