बाजुराको बुढीनन्दा नगरपालिकाको मेयरमा एमालेका बोहरा विजयी
बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार जनककुमार बोहरा विजयी भएका छन । बोहराले पाँच ११५ र निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार पदमकुमार गिरीले तीन हजार २७१ मत पाए । गिरी निर्वमान मेयर हुन । ०७४ को चुनावमा बोहरा गिरीसितै पराजीत भएका थिए ।
उपमेयमा पनि एमालेले नै सहयोग गरेका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन । उनले चार हजार ७७ र निकटतम प्रतिदन्दी रितादेवी सिहंले तीन हजार ६७७ मत पाइन ।
बुढीनन्दाका नगरपालिकाका १० वटा वडा मध्ये नेकपा एमालेले १,२,३,४,६,८र १० नम्बर वडा जितेको छ । नेपाली काँग्रेसले वडा नं.५, ९ र ७ जितेको छ । एमालेले ७ वटा वडा जितेको छ भने ३ वटा वडा काँग्रेसले जितेको छ ।