धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित, घोषणा गर्न बाँकी

धनगढी, ७ जेठ : धनगढी उपमहानगरपालिकामा जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित निश्चित देखिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुका ५ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन्।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८३ मत ल्याएर तेस्रो स्थानमा छन्।यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन्। रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन्। अब धनगढीमा करिब साढे ७ हजार मत मात्रै गन्न बाँकी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.