कृष्णपुरको मेयर कांग्रेसका ओझा विजयी
अत्तरिया : कञ्चनपुरको कृष्णपुरको मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा कांग्रेसकै द्रोपती राना विजयी भएकी छन् । ओझाले ९ हजार ४०० मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दद्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार जोगराज चौधरीले ७ हजार ५०५ मत प्राप्त गरे । नेकपा एमालेका लोकराज पन्तले ६ हजार ३५९ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि नेपाली कांग्रेसकी द्रोपती राना विजयी भएकी छन् । रानाले ९ हजार ४० मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार रमिता रानाले ६ हजार ९४७ मत पाएकी छन्। माओवादी केन्द्रकी गीता मल्ल देउवाले ६ हजार १८१ मत ल्याएकी छन्।