एमाले नेता भीम रावलको वडामा स्वतन्त्र उम्मेदवार गोला प्रथाबाट विजयी
अत्तरिया : नेकपा एमालेका नेता भीम रावलको वडा अछाम साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहरा विजयी भएका हुन् ।
गोलाप्रथाबाट भएपनि स्वतन्त्र उम्मेदवार बोहराले एमालेका उम्मेदवार बिष्टलाई पराजित गरे । स्वतन्त्र उम्मेदवार बोहरा एमालेबाट वडाको टिकट नपाए पछि स्वतन्त्र बाट चुनाव लडेका थिए । दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर भनाभन समेत भएको थियो । अन्ततः दुबै पक्ष गोला प्रथा गर्न सहमत भएका थिए । वडा सदस्यमा एमालेबाट र स्वतन्त्रबाट २२ जना विजयी भएका छन्।