धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले लिए सपथ

धनगढी : धनगढी उपमहनगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सपथ ग्रहण लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा कैलालीका न्यायाधीश जयनन्द पनेरुले जिल्ला अदालतमा उनलाई सपथ ग्रहण गराएका हुन् ।

जम्मा ६३ हजार ६४३ मतगणना हुँदा हमालले २६ हजार ८६५ मत सहित बिजयी भएका हुन् । यस्तै उनलाई पछ्याइरहेको वडले १४ हजार ८१७ मत पाएका छन् । एकालेका रण बहादुर चन्द ९ हजार ११५ मत पाएर तेस्रो भएका छन् ।

सपथ ग्रहण लगत्तै हमालले उपमहानगरपालिकामा गएर पदभार ग्रहण गर्नेछन्। लगत्तै आयोजना गरिने समारोहमा मेयर हमालले उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ गराउने तयारी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.