उद्घाटन तथा स्वागत–सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई मेयर हमालको आग्रह

धनगढी : धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गरेका छन् ।
आफूले प्राप्त गर्नुपर्ने सम्मान जति चुनावमा धगढीवासीले दिएको मतबाट गरिसकेको भन्दै अब आफूलाई काम गर्ने वातारण सिर्जना गरिदिन पनि उनले फेसबुकमार्फत आग्रह गेरका हुन् ।

उनले लेखेका छन, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

हिजो सम्पन्न धनढी उपमहानगरको मतगणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार हमाल २६ हजार ८६५ मत ल्याएर निर्वाचित भएका हुन्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.