११ वर्षीया बालिकालाई कुटपिट गरी झुण्डिएर आत्महत्या

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक जनाले झुन्डिएर आत्महत्या गरेका छन्। मंगलबार उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

११ वर्षीया बालिकामाथि कुटपिट गरेपछि मालीले झुन्डिएर आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। छिमेकी बालिकामाथि कुटपिट पछि आत्महत्या गरेको सुनिएको छ, आफ्नै घरको पङ्खामा झुन्डिएका छन्,’ उनले भने, ‘अहिले हामी शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदै छौँ।’

मृतकको आक्रमणमा परेकी बालिकाको आँखा, घाँटीमा चोट लागेको छ। बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ। ‘सामान किन्न गएकी बच्चीलाई पसलबाट हात समातेर जबरजस्ती घरमा लगेर कुटपिट गरिएको छ, कोठा भित्र लगेर किन आक्रमण भयोरु’ बालिकाका बुवाले भने, ‘यसमा शंका छ, दुवै आँखा, घाँटीमा चोट लागेको छ।’ उनका अनुसार बालिकाको अहिले कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.