सुदूरपश्चिममा स्वास्थ्य सेवाको अनमि तथा अहेबको विज्ञापन : २६६ जनाका लागि खुल्यो जागिर
धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।
प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासीरजनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ। यस्तै अहेव खुलातर्फ ५३, महिलातर्फ २२, आदिवासीरजनजातीतर्फ १०, मधेसीतर्फ ६, दलिततर्फ २ र ल्याबअसिस्टेन्ट खुलातर्फ १ पदका लागि आवेदन खोलिएको छ।
यस्तै पब्लिक हेल्थ नर्सिङको खुलातर्फ ३, महिला, आदिवासीरजनजाती र मधेसीतर्फ १र१, जनरल आयुर्वेदको वैद्यको खुलामा १, ल्याबअसिस्टेन्ट खुलातर्फ २, महिला, आदिवासीरजनजातीतर्फ १र१ जनाको लागि विज्ञापन गरिएको छ।
अहेव÷कोल्डचेन असिष्टेन्टको खुलातर्फ १०, महिलातर्फ ३, आदिवासीरजनजातीतर्फ २, मधेसीतर्फ २ र दलिततर्फ १ जनाको लागि आवेदन खुलेको छ। आयोगका अनुसार २ सय ६६ पदका लागि विज्ञापन गरिएको छ।
यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो।