फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?
काठमाडौँ : सार्वजनिक यातायातको भाडा दर फेरि बढेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाढडा समायोजन गरिएको बताइएको छ। इन्धनको बजार मूल्य ५ प्रतिशत वा ५ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडादर कायम गरिने नीति छ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारी २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २।७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ३ प्रतिशत भाडा दर बढेको छ। यो भाडा आज९मंगलबार० देखि नै लागू भएको छ। यसअघि जेठ चार गतेदेखि लागू हुने गरी भाडादर बढेको थियो।