काठमाडौँमा बालेनको जितको नजिक, सिर्जनाद्वारा हार स्विकार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ। मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह धेरै मतान्तरका साथ महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो।

जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्।

बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.