एक्सनमा गोदावरीका मेयर, अत्तरिया चोकको डुवान समस्या समाधानका लागि छलफल

अत्तरिया : गोदावरी नगरपालिका नवनिर्वाचित मेयर विरेन्द्र भट्ट सपथग्रहण गरेको दिन देखि नै काममा निरन्तर एक्सनमा लागेका छन् । पदवाहल गरेकै दिन नगरको निर्माण भईरहेको भवनको अवस्थाका बारेमा अनुगमन गरे । उक्त भवनको निर्वतमान मेयर हरिसिंह साउँदले उद्घाटन गरेको थिए । तर, भट्टका अनुसार उक्त भवन निर्माण सम्पन्न भएको छैन् । अझै कम्तीमा पनि तीन महिना पूर्ण रुपमा निर्माण सम्पन्न हुन लाग्ने छ । ‘पदवाहल गरेको दिन नगरपालिकाको निर्माण भईरहेको भवनको अवलोकन तथा अनुगमन गरेको हो’, उनले भने । ‘निर्माण सम्पन्न नभएको हुँदा कम्तीमा पनि तीन महिना सम्म अहिलेकै भवनबाट सेवा गर्नुपर्ने देखिएको छ ।’
मेयर भट्टले नगरमा रहेको मालाखेती अस्पताल र सुदूरपश्चिम समावेशी सामुदायिक विद्यालयको अवस्थाका बारेमा पनि बुझेको बताए । ‘पदबाहल गरेको ४ दिन भएको छ । नगरमा कामकाज के कसरी भएका छन् । तीनिहरुको सोधि खोजि भईरहेको छ’, उलले भने । ‘पहिलो चरणमा नगरमा भएका मुख्य समस्याहरु समाधान गर्ने विषयमा छलफल चलिरहेको छ ।’
अत्तरिया चोकमा राखिएको होर्डिङबोर्ड पनि व्यवस्थापन गर्ने विषयमा छलफल भएको उनले बताए । ‘अत्तरियाको मुख्य चोकमा राखिएको होर्डिङबोर्डले गर्दा नगरको सोभा नै विग्रिएको छ’, उनले भने ‘त्यसलाई यहाँको पर्यटकी क्षेत्रहरु प्रचार पोष्ट राख्ने कुरा भएको छ ।’ यस्तै अत्तरिया चोकमा पानी जम्मा हुने छलफल समेत चलेको उनले बताए । त्यसका लागि महेन्द्रनगर सडकबोर्डसंग निकासका विषयमा छलफल सुरु गरेको उनले बताए ।
यस्तै, मंगलबार मात्र मेयरको कार्यकक्ष भुईतलामा सार्ने जनाएको छ । । नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नो कार्य कक्ष दोस्रो तलाबाट भुँईतलामा सार्न लागको हो । नागरिकहरुलाई माथिल्लो तलामा सेवा लिन कठिन भएको महशुष गरी भुईतलामा सारिन लागको उनले बताए ।
यस्तै, अपाङ्ग असक्तहरुलाई दोस्रो तलामा जान गाह्रो हुने भएकाले उनीहरु संग सहज रुपमा भेटघाट गर्न सकियोस भन्ने हुतुले कार्यकक्ष भुँईतलामा सारिन लागिएको मेयर भट्टले बताए । उपमेयरको कार्यकक्ष भने भुँइतला मा रहँदै आएको छ । यसअघिका मेयर हरि सिँ साउँद दोस्रो तलामा कार्य कक्ष बनाएर बसेका थिए । यसले गर्दा जनतासंग प्रत्यक्ष भेटघाट तथा सुचना सन्देश आदानप्रदानमा सहज हुने मेयर भट्टको भनाई रहेको छ ।
मेयरमा पराजित विकले बुझाए आफ्नो चुनावी घोषणापत्र
गोदावरी नगरपालिकाको मेयरमा पराजित उम्मेदवार टेक विकले आफ्नो चुनावी घोषणा पत्र मेयरमा निर्वाचित बिरेन्द्र भट्टलाई बुझाएका छन । उनले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका थिए ।
घोषणा पत्र मेयरलाई बुझाउदै विकले आफू चुनावमा पराजित भएपनि आफ्नो घोषणा पत्र कार्यान्वय गरिदिन अनुरोध गरेका थिए ।
उनले विशेष गरेर यक्ष क्षेत्रका विपन्न वर्गको लागि काम गरिदिन मेयर भट्टलाई आग्रह गरे । घोषणा पत्र बुझ्दै मेयर भट्टले घोषणा पत्रले काम गर्न थप बल पुग्ने बताए । बैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा बिक गोदावरीको मेयरमा स्वतन्त्र उम्मेदवार थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.