गोदावरीमा अपाङ्गता भएकालाई सहायक सामग्री
अत्तरिया, १७ जेठ : कैलालीको गोदावरी भित्र रहेका १ देखि १२ नम्वर वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री हस्तान्तरण गरिएको छ ।
नगरस्तरीय अपाङ्गकार्य संञ्जालद्वारा अपाङ्गता साहयक सामग्री उपभोक्त समितिको आयोजनामा वितरण गरिएको कार्यक्रममा गोदावरी नगरपालिका अत्तरिया कैलालीको आर्थिक सहयोग रहेको छ । सहायक सामग्री हस्तान्तरण इन्द्र हादुर बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर उप प्रमुख शारदा रोकाया रहेकी थिइन ।
त्यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका महिला शाखाका गोदावरी धामी, प्रभा हमाल रहेकी थिइन । सुदूरपश्चिम प्रदेशको कोषाध्यक्ष गौरीलाल पार्की, सुप समावेशीका प्रअ देवी साउँद, अपाङ्ग उत्थामन समाजका अधयक्ष नरदिप धामी, अपाङ्ग एकता समाजका अध्यक्ष अनिल मल्ल, व्हीलचियर युजर अफ एसोशियसनका अध्यक्ष लक्ष्मण विक, एनएन एसडब्लुए का कृष्णराज भट्ट लगायतको सहभागिता रहेको थियो ।
नगरपालिका भित्र रहेका १ देखि १२ नम्वर वडाका अपाङ्गता भएका व्यक्तिहरुका लागि व्हीलचेयर १० जनालाई, सेतोछडी ६ जनालाई, ट्वाइलेट सेट ३ जनालाई, वाकर ३ जनालाई, बैशाखी १३ जनालाई हेड एयरफोन २ जनालई, कृतिम हात १ जनालाई र कृतिम खुट्टा ३ जनालाई गरी ४१ जनालाई वितरण गरिएको हो । सुदूरपश्चिम सामावेशी आधारभूत विद्यालयको सभाहलमा भएको सहायक सामग्री वितरण कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका कुश्मा जोशीले गरेकी थिइन ।