Agni Offset Press

बजाजको एक्सचेन्ज अफर ‘मेला’ हुँदै

Aarati simant

अत्तरिया, १८ जेठ : कैलाली को गोदावरी नगरपालिका अत्तरियामा रहेको बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक रूद्र अटोमोटिभ्स ले यही जेठ २२ गतेदेखि २८ गते सम्म एक्सचेन्ज अफर ‘मेला’ सुरु गर्ने भएको छ । उक्त अफर मा ‘अब आउट डेट लाई गरौं अपग्रेड’ शीर्षकका साथ ’बजाज एक्सचेन्ज महा मेला’ अफर ७ दीन सम्म लागू हुने गरी सुरु हुन गइरहेको हो ।
यस एक्सचेन्ज अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक ल्याएर नयाँ बजाज कम्पनी को बाइक लिएर घर फर्कन सक्नेछन् । यस अफर मा कुनै पनि कम्पनीको मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन (मूल्य) भन्दा १० हजार रुपैँया थप गरि दिइने रूद्र अटोमोटिभ्स अत्तरिया बजाज सोरुम ले जनाएको छ ।  उक्त ७ दिन सम्म लागू हुन गईरहेको एक्सचेन्ज अफर मेला अहिले सम्म कै सबै भन्दा बृहत हुने जनाएको छ ।
साथै सो अफर अन्तर्गत रूद्र अटोमोटिभ्स अत्तरिया बजाज सोरुम ले बजाज कम्पनी को नयाँ मोटरसाइकल खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्टमा ० (शून्य) प्रतिशत ब्याज रहेको र निःशुल्क (एक्सेसोरिज) सामानको समेत सुविधा रहेको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.