संघ र प्रदेशको चुनाव कात्तिक अन्तिममा गर्ने तयारी

काठमाण्डौँ : सरकारले कात्तिक अन्तिमसम्ममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल सुरु गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिममा निर्वाचन गर्दा उपयुक्त हुने भन्ने विषयले प्रवेश पाएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।

उनले भने, ‘कात्तिक अन्तिम वा मंसिर पहिलो सातामा निर्वाचन गर्नुपर्छ भनेर छलफल उठाएको थियौँ। अधिकांश साथीहरूले कात्तिकमै गर्नुपर्छ भन्नेमा हुनुहुन्छ। मैले पनि त्यही भनेको छु।’

निर्वाचनबारे छलफल भए पनि औपचारिक सहमति कुनै नभएको उनले बताए। भौगोलिक रूपले पनि मंसिरदेखि फागुनसम्म निर्वाचन गर्न नसक्ने उनले बताए।

‘मंसिरपछि फागुनसम्म हिमाली क्षेत्रमा निर्वाचन गराउन सकिँदैन। त्यसलै हामीले कात्तिकमै निर्वाचन गर्नुपर्छ भनेर जोड दिएका छौँ। त्यसबारे कुनै निर्णय भइसकेको छैन।’ ०७४ सालमा मंसिर १० गते र २१ गते गरेर दुई चरणमा निर्वाचन भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.