अत्तरिया : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटघाट भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा देउवा र साहबीच भेटवार्ता भएको हो । उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए ।
तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भने ।
देउवाले काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै विकासको काममा सहयोग हुने प्रतिबद्धता जनाएको बालेन्द्र निकट समाचार स्रोतले बताएको छ ।