उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ : भीम रावल

अत्तरिया : नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो। धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ।
कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ।’ उनले आगामी प्रदेश सभा र संघीय चुनाव एमालेले जित्नुपर्ने पनि बताएका छन्। ‘देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका लागि आगामी चुनाव जित्नु पर्छ।’
यसअघि एमाले नेता घनश्याम भुषालले पनि स्थानीय चुनाव परिणामबारे समीक्षा हुनुपर्ने धारणा राखेका थिए। उनलाई एमाले अनुशासन विभागले कारबाहीका लागि सिफारिस गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.