धनगढी : कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्ष (वाणिज्य) मा केशवराज जोशी निर्विरोध भएका छन्। सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन्।
निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार उपाध्यक्ष (वाणिज्य) मा उम्मेदवारी दिएका गगन केसीले उम्मेदवारी फिर्ता लिएसंगै जोशी निर्विरोध भएका हुन्। ‘उपाध्यक्ष (वाणिज्य)मा जोशीको एकल उम्मेदवारी बाँकी रहेसंगै उनी निर्विरोध भएका छन्। घोषणा भने सबैको संगै हुन्छ,’ उनले भने। पुष्पराज कुँवरको प्यानलबाट उम्मेदवारी दिएका केसीले उम्मेदवारी फिर्ता लिएका हुन्।