विद्युत प्राधिकरण सुदूरपश्चिमले नौ वटा कम्पनीसँग ठेक्का सम्झौता रद्द गर्ने
अत्तरिया : नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ ।
ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ ।
भाग्यलक्ष्मी कन्ट्रक्सन धनगढी ३ कैलाली, सताकृ खिम्ती कन्ट्रक्सन रामेछाप, सुनिता एण्ड कविता एएस जेभी भक्तपुर र उप्रती पोल एण्ड पायप इन्ड्रस्ट्रिज प्रालि बाँकेले निर्माण कार्यको जिम्मा पाएका थिए ।
रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा. लि, जे.भी, बाजुरा तथा बझाङ जिल्लामा ११\०.४–०.२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्ररउदयदेव,लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा पाएका थिए ।
आरके इन्टरनेशनल काठमाडौँ, कञ्चनपुरको पुनर्वास र बैतडीको पाटन मेलौलीमा ३३\११ केभी ६\८ एमभीए सबस्टेशन निर्माण कार्य । दावारमैनावती जेभी बानेश्वर डोटीको तिख्वात्तरमा ३३ केभी लाइन निर्माण कार्य । विभान्सुर ईन्द्रधनु जेभी बानेश्वर कैलालीको सुखरखालमा ३३\११ केभी ३ एमभीए सबस्टेशन निर्माण कार्यको जिम्मा पाएका थिए ।