दशगजामा एसएसबी गाडेका सिमेन्टेड पोल र काँडेतार सशस्त्रले हटायो

कञ्चनपुर : कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले लगाएका काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बलले हटाएको छ। दशगजाको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका ती संरचना देविस्थानबाट तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले हटाएको हो।

यसैगरी दोधारा–चाँदनी नगरपालिका– ३ बडुवालटोल नजिकै नेपाली भूभागलाई असर पर्नेगरी भारतले नखाताल वन क्षेत्रको बाटोबाट नजिकै बनाएको ढुंगा र माटाको अग्लो संरचना पनि सशस्त्रले भत्काइदिएको छ। नेपालबाट बग्ने पानीको बहाव रोक्न भारतीय सशस्त्र वन रक्षकले माटो र ढुंगाको उकास लगाएका थिए।

सीमावर्ती क्षेत्रमा कसैले एकतर्फी संरचना बनाउन नपाउने र बनाएमा सम्बन्धित निकायबाट सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.