गेटा मेडिकल कलेजमा स्वास्थ्य शिविर संचालन हुने
अग्नी संवाददाता
अत्तरिया, २४ जेठ : गोदावरी नगरपालिका–५ मा रहेको प्रस्तावित गेटा मेडिकल कलेजमा स्वास्थ्य शिविर संचालन हुने भएको छ । गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समितिले जेठ ३१ गते स्वास्थ्य शिविर संचालन जनाएको छ ।
जेष्ठ ११ गते देखि यथाशिघ्र गेटा मेडिकल कलेज संचालनको लागि दबाव दिदैं आएको समितिले हाल गेटामा तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालय मोडालिटीमा संचालन गरिनुपर्ने दवाव दिर्दै बिभिन्न दबाव मुलक कार्यक्रम गर्दै आएको छ । केहि दिन अगाडि हस्ताक्षर अभियान समेत गरेको थियो ।
संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले सरकारलाई छिटो सेवा संचालनका लागि दबाव दिन विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिए । ‘गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न हुँदा पनि राज्यले वेवास्ता गर्ने गरेको छ ।’, उनले भने । ‘सांकेतिक विरोधका लागि स्वास्थ्य शिविर सञ्चालन गरिन लागेको हो ।’ उनले स्वास्थ्य शिविर संचालनका लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु संग छलफल भइरहेको जानकारी दिए ।