गोदावरी धाममा पञ्चमुखी शिवलिंग अनावरण गरिदैँ

अत्तरिया : कैलालीको धार्मिक तथा पर्यटकीय स्थल गोदावरी धाममा पञ्चमुखी शिवलिंग अनावरण गरिने भएको छ । गंङगादशराहाको अवसरमा बिहिबार शिवलिंग अनावरण गर्न लागेको हो ।

मंगलबार धनगढीमा गोदावरीधाम विकास समितिले पत्रकार सम्मेलन गरी भगवान कैवल्यनाथका अनावारण गरिने जानकारी दिएको छ । समितिका संयोजक मदनराज पाण्डेका अनुसार पञ्च प्रकृतिका प्रतिक भगवान शिवका सद्योजात, वामदेव, तत्पुरुष, अघोर र ईशान नामक पाँच अवतारका समष्तिगत स्वरुप कैवल्यनाथको प्राँण प्रतिष्ठा एवं अनावरण तथा शालिग्राम शिला स्थापना गरिने छ ।

अनावरण बिहिबार विहान साढे ९ बजे गरिने भएको छ । गोदावरीमा कैवल्यनाथको मन्दिर सहित विभिन्न प्रकारका संरचनाहरु निर्माण भएका छन् । धाममा ढाई करोड बढीका संरचना निर्माण भएको समितिले जनाएको छ ।

शिवलिंगको अनावरणका लागि पाँच दिन देखि रुद्धिपुँजा जारी रहेको छ । धाममा एक हजार ८ कैवल्यनाथको मन्दिरहरु निर्माण भएका छन । अनावारण हुने शिवलिंगलाई विभिन्न बस्त्र र अन्यहरुले डुवाउने काम भईरहेको समितिका संयोजक पाण्डेले जानकारी दिए । धाममा शहरी विकासको गरुयोजना अनुसार विकास निर्माणको कार्यहरु भईरहेका छन् ।

यस बर्ष शिव लिंगको अनावरण हुने भएको हुँदा शिवरात्रिमा दर्शनार्थीहरु आउने अपेक्षा समितिको हरेको छ  । धाम धार्मिक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुन थालेको छ । गोदावरीलाई सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनका लागि आधार शिविर बनाउने प्रयास गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

‘गोदावरीलाई यस क्षेत्रकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बनाउने प्रयास भइरहेको छ, अध्यक्ष जोशीले भने । ‘गोदावरीको मुख्य क्षेत्रसहित आसपासको हनुमानको मूर्ति र वनदेवी मन्दिर परिसरसमेतका क्षेत्रलाई समेटेर एउटै विकास समितिभित्र ल्याएर काम गर्न सकिए गोदावरी धार्मिक पर्यटनको प्रमुख गन्तव्य हुने देखिएको छ ।’

सुदूरपश्चिम प्रदेशसभाको बैठकले यही गोदावरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरिसकेको छ । समितिको पहलमा धर्म संस्कृतिको संरक्षणको प्रयासस्वरूप सो क्षेत्रमा गत वर्ष स्थापना गरिएको गुरुकूल विद्यापीठमा वेद र संस्कृत पठनपाठन सञ्चालनमा आएको छ । पर्यटकलाई लक्षित गरी उक्त क्षेत्रमा आधुनिक होटेल रिसोर्टलगायतका संरचना निर्माण हुन थालेका छन । यो क्षेत्रमा पश्चिम नेपालकै सबैभन्दा अग्लो ५१ फिटको हनुमानको मूर्ति रहेको छ ।

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीरूपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.