गोदावरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको गोदावरी–८ का ललित चौधरीले चलाएको से १ त ३१०१ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी–५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेको थियो ।

घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.