निर्माण कार्य सम्पन्न भएका योजनाको अनुगमन

धनगढी, २९ जेठ : कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिले गाउँपालिकामा निर्माण कार्य सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको छ ।
प्रदेश र गाउँपालिकाको बजेटमा निर्माण सम्पन्न भएको योजनाहरुको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवती कुमारी चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो ।
समितिले वडा नम्बर ९ मा सुपरमुन युवा क्लव भवनको अनुगमन गरिएको छ । यस भवन निर्माणको लागि गत वर्ष छ लाख र यस आर्थिक वर्षमा छ लाख ३० हजार गरी १२ लाख ३० हजार बजेट छुटयाइएको थियो । गाउँपालिकाको बजेटमा वडा नम्बर १ रानामुडामा लागत साझेदारी भवन निर्माणको अनुगमन गरिएको छ । यस भवनको काम बजेट अनुसार वालसम्मको काम सम्पन्न भएको छ । त्यस्तै वडा नम्बर ८ मा अधुरो रामजानकी धर्मशाला भवनको अनुगमन गरिएको छ । जसको लागि नौ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । यसको काम बाँकी रहेकोले चाँडै सम्पन्न गर्न सुझाव दिइएको छ ।
त्यसै गरी अनुगमन समितिले कुट्टी टोल झोलुङे पुल नजिकै भौतिक तटबन्ध (१० लाख बजेट) र वडा नम्बर ४ नवलपुर सभाहल भवनको अनुगमन गरेको छ । २० लाख रुपैयाँ बजेटमा निर्माण भएको उक्त भवनमा ढोकाको पल्ला हाल्न बाँकी रहेको छ । प्रदेश पूर्वाधारको १० लाख तीन हजार बजेट अन्र्तगत वडा नम्बर ८ लौसा गाउँमा सम्पन्न सडक ग्राभेल र १५ लाख बजेटमा दुधिया गाँउमा सडक स्तरोन्नतिको अनुगमन गरिएको छ । यहाँ माटोको डेनसिटी नापेर ग्राभेलिङको काम भईरहेको र यसलाई चाँडै सम्पन्न गर्नुपर्ने समितिले सुझाव दिएको छ ।
प्रदेश पूर्वाधार बजेट अन्र्तगत १९ लाख ४५ हजारमा बजेटमा वडा नम्बर ९ उत्तर टोलमा रहेको शिवशक्ति आधारभूत विद्यालयको पक्की पर्खाल र गेट निर्माण भइरहेको छ । पाँच मिटर पर्खाल गेट निर्माणको काम बाँकी रहेको जनाइएको छ । यसलाई पनि समितिले चाँडै काम सम्पन्न गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य सचिव तथा योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए ।
देवीगंज–समारचौरा हुदै सिमरना सम्म सडका स्तरोन्नतीको काम सम्पन्न भएको छ । सो कार्यको लागि ३३ लाख बजेट रहेकामा ३० लाख तराई मधेशको बजेट र तीन लाख गाँउपालिकाको बजेट रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.