प्रधानमन्त्री देउबा कञ्चनपुरमा
कञ्चनपुर : प्रधानमन्त्री शेर बहादुर देउवा कञ्चनपुर पुगेका छन । कञ्चनपुर पुगेर उनले काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताको चाहना र भावना अनुसार काम गर्न पर्ने निर्देशन दिएका छन ।
नेपाली काँग्रेस कञ्चनपुरले आयोजना गरेको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभ कामना कार्यक्रममा उनले चुनावमा गरिएका वाचा पूरा गर्नु पर्ने बताए ।
यस्तै जनप्रतिनिधीहरुलाई काँग्रेस नेता रमेश लेखक, एन पि साउँद लगाएतका नेताहरुले पनि निर्देशन दिएका छन । होटेल ओपेरामा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री देउबा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि हिँडेका छन् । विश्वविद्यालयको कुलपतिको हैसियतमा उनी समारोहमा अध्यक्षताको आसन ग्रहण गर्ने छन् ।