गेटा मेडिकल कलेज सञ्चालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ को नेतृत्वमा धनगढीको देउवा निवासमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
समितिले गेटा मेडिकल कलेजलाई तत्काल ३ सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने र मेडिकल विश्वविद्यालय स्पनार्थ तत्काल संसदमा विधेयक ल्याई लागू पर्नुपर्ने माग राखेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीन सय शैयाको अस्पताल सञ्चालनमा आउने बताए । यस्तै प्रतिस्ष्ठान वा मेडिकल विश्वविद्यालय बनाउनका लागि पनि प्रक्रिया अगाडि बढाईने बताए । गेटा मेडिकल कलेजका लागि ठूला भवन निर्माण गरिएका छन् अहिले । मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ ।
चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत रहेको र आयोजनाको कुल प्रगति करिब ९० प्रतिशत भएको छ । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावासलगायत संरचना निर्माणको काम सकिएको छ ।