प्रतिभा सामुदायिक पुस्तकालय : नयाँ कार्यसमितिको लागी ३ जना निर्विरोध
अत्तरिया, ४ असार : गोदावारी नगरपालिका अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति गठनको लागी ३ जना निर्विरोध चयन भएका छन ।
आगामी ४ बर्षे कार्यकालका लागि उनीहरु निर्विरोध चयन भएका हुन । निर्विरोध चयन हुनेहरुमा अध्यक्षमा पुष्पराज जोशी, सह–सचिवमा भुपेश जोशी र कोषाध्यक्षमा धर्मसिंह कुंवर रहेका छन ।
निर्वाचन अधिकृत हर्कबहादुर साउँदका अनुसारका उक्त पदका उमेदवारीहरु माथि दावी, विरोध, फिर्ता नभएकाले निर्वाचित भएको जनाइएको छ । अन्य पदहरुको बारेमा छलफल जारी छ । सहमती नभए चुनाव हुने जनाएको छ । संस्थाका ४३५ जना आजीवन सदस्य रहेका छन् ।
यस अघि पुस्तकालयका अध्यक्ष पु्ष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका रहेका थिए । प्रतिभा पुस्तकालयको स्थापना २०५७ सालमा साहित्यकार कृष्ण पनेरु बन्चित को अगुवाईमा भएको थियो ।