नेपाली सेनाद्वारा तारागढी र ताराकोट पुनर्निर्माण सुरु

धनगढी : नेपाली सेनाले एतिहासिक किल्ला पुनर्निर्माणको काम सुरु गरेको छ । नागरिक सैनिक सम्बन्ध बिस्तार अन्तरगत स्थानीयसँग समन्वय गरेर ऐतिहासिकल किल्ला पुनर्निर्माणको काम सुरु गरेको हो।

१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जसअन्तरगत कैलालीको देवी दल गण अत्तरिया तेघरीले गोदावरी नगरपालिकाको वडा नम्बर १२ मा रहेको तारागढीको पुनर्निर्माण गरेको छ ।

गोदावरी नगरपालिकामै पर्ने ताराकोटको पनि नेपाली सेनाले पुनर्निर्माण गरेको छ । अत्तरिया तेघरीमा रहेको दवी दल गणले स्थानीय तहसँग समन्वय गरेर निर्माण गरिएका उक्त एतिहासिक किल्ला गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । आइतबार उक्त किल्ला उद्घाटन कार्यक्रम आयोजना गर्दै स्थानीय तहलाई हस्तान्तरण गरिएको देवी दल गण तेधरी अत्तरियाले जनाएको छ । उक्त कार्यक्रममा देवी दल गणका गणपति सुनिल मल्ल, स्थानीय तहका जनप्रतिनिधि लगायतका सेनाका अन्य उच्च अधिकारीहरुको सहभागि रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.