फेरि बढ्यो गाडी भाडा, कुन ठाउँको कति पुग्यो ?

काठमाडौं, ६ असार : सार्वजनिक गाडी भाडा बढेको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको जनाएको छ। विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागू हुने जनाएको छ।

विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो।

नेपाल आयल निगमले आइतबार पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँग गाडी भाडा पनि बढेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.