कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा निरज शाह

अग्नी संवाददाता
धनगढी, ९ असार : कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा निरज शाह चयन भएका छन् । बिहिबार धनगढीमा सम्पन्न संघको पाचौँ साधारण सभा तथा जिल्ला अधिवेशनले शाहको नेतृत्वमा १० सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा मानबहादुर पुन, महासचिव प्रेमराज जोशी, कोषाध्यक्षमा पुष्पा सिंह चयन भएका छन् ।

संघको सदस्यहरुमा श्यामलाल राना, शुशीला देउवा, किरण भण्डारी, विमला क्षेत्री, घुम्मन राना र बलबहादुर शार्की रहेका छन् । संघको १३ जनाको समिति रहेकोमा एक जना निर्वाचित समितिले चयन गर्छ भने २ जना जिल्ला खेलकुदले मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ ।

यस अघि संघको साधारण सभा जिल्ला खेलकुदका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष हरकसिंह धामी रहेका थिए भने प्रदेश भलिबल संघका अध्यक्ष नारायणदत्त भट्ट लगायत अतिथि रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.