थरुहट आन्दोलनका अगुवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
धनगढी, १२ असार : थरुहट आन्दोलनका अगुवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । थरुहटरथारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु र थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरी लगायतका नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
सामेबार काठमाडौँको रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा उनीहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । यसैगरी, थरुहट आन्दोलनका कैयौं योद्धाहरु पनि सो पार्टीमा प्रवेश गरेका छन् ।
त्यस्तै, लम्कीका व्यवसायी एवम् नेपाली काङ्ग्रेसका नेता नेत्र जोशी र टीकापुरमा कार्यरत पत्रकार पदम सापकोटा पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र प्रवक्ता दामोदर पाण्डेय, टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारु र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले टीका खादा लगाएर उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका थिए ।