संघीय सरकारका नयाँ मन्त्रीहरुको शपथ आज

अत्तरिया : नयाँ मन्त्रीहरूले आज शपथ लिने भएका छन्। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन्।

कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीहरुको शपथ आज विहान ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।

नयाँ मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.