धनगढीको नगरसभामा पत्रकार विष्टलाई रोक लगाइएको भन्दै महासंघको आपत्ति

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको नगरसभामा पत्रकारलाई रोक लगाइएको भन्दै नेपाल पत्रकार महासंघ कैलालीले ध्यानाकर्षण भएको जनाएको छ। सोमबार महासंघले विज्ञप्ति जारी गर्दै नगरसभा चलिरहेको अवस्थामा रिपोर्टिङका लागि गएका पत्रकार जनक विष्टलाई प्रवेश निषेध गरेको सम्बन्धमा आपत्ति जनाएको हो।
‘‘नगरसभा जस्तो जनताको प्रत्यक्ष सरोकारको विषयमा प्रत्यक्ष रिपोर्टिङ गर्न गएका पत्रकारलाई उपमहानगरपालिकाका एक जना कर्मचारीले ‘पत्रकारलाई समेत नगरसभामा जान अनुमति छैन’ भनेर पाखुरा समाएरर बाहिर पठाएको घटना सामान्य जस्तो ठानिएपनि यो धनगढी उपमहानगरपालिकाको स्वतन्त्र प्रेसप्रतिको दुराग्रह हो भन्ने महासंघ ठान्दछ’ पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

साथै महासंघले आगामी दिनमा स्वतन्त्र पत्रकारिता र पत्रकारहरुमाथि यस्ता खालका व्यवहार नगर्न उपहानगरलाई सचेत गराएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.