अत्तरिया, ३१ असार : सुदूरपश्चिमका विभिन्न जिल्लामा पर्यटकीय गन्तव्यका लागि क्षेत्रहरु समेत पहिचान हुन थालेका छन । कैलालीमा मात्र धेरै वटा पर्यटकी क्षेत्रहरु रहेका छन् । कति प्राकृतिक छन् । कति कृत्रिम छन् । जति नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान भयो । त्यति नै आन्तरिक तथा वाह्य पर्यटकहरु पुगेका हुन्छन् । हिजो आज सामाजिक सञ्जालले गर्दा पनि गुम्न जानेहरु अझ बढेका छन् । सामाजिक सञ्जाल टिकटक, फसबुकले गर्दा सामुहिक तथा एकल तरिकाले गुम्ने संख्या बढ्ने गरेको छ ।
कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल, र आधुनिक पिङ हेर्न र खेल्न आउने आन्तरिक तथा वाह्य पर्यटनको मुख्य रोजाइमा पर्ने गरेको छ । सुदूपश्चिमका ७ पहाडी जिल्ला जोड्ने गोदावरी अहिले विभिन्न पर्यटकीय क्षेत्र हेर्न आउने पर्यटकहरुको ठुलो भिडभाड लाग्न थालेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ बासपानीमा नयाँ पीङ खोलिएको आन्तरिक तथा वाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । पिङमा टिकटक बनाउनको लागि दैनिक पुग्ने गरेका छन् । पिङ गोदावरी पुलदेखि दुई किलोमिटर माथी पहाड रोड नजिकै रहेको छ ।
करिब २५ लाखको लगानिमा आधुनिक लिङ खोलिएको छ । पिङ खेल्न अहिले दैनिक २ सयको हाराहारीमा पर्यटकहरु पुग्ने गरेका छन् ।
बढिजसो शनिबार धेरै भिडभाड लाग्ने गर्दछ । पिङप्रति आकर्षण वाह्य भन्दा पनि आन्तरीक पर्यटकहरुको मुख्य रोजाइमा छ ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आधुनिक पिङ सञ्चालनमा आउदा यहाँको पर्यटकीय क्षेत्रमा विशेष टेवा पुग्ने स्थानीय पर्यकहरु भनाई रहेको छ । प्रसिद्ध गोदावरी धाम नजिकै पिङ रहेको हुँदा अझै पर्यटक संख्या बढी हुने गरेको छ ।
नयाँ र आधुनिक पिङले सुदूरपश्चिमको औद्योगीक पर्यटकीय क्षेत्रलाई टेवा पुग्ने अनुमान गरिएको धनगढीबाट बासपानी पुगेका धनगढीका गजेन्द्र भट्टले बताए । ‘चुरे त्यसै पनि आन्तरिक पर्यटकका लागि रमाईलो ठाउँ हो’, उनले भने । ‘त्यसमा पनि यस्ता पिङ ले गर्दा अझ पर्यटकहरु बढ्ने छन् । ’
- पिङ गोदावरी पुलदेखि दुई किलोमिटर माथि पहाड रोड नजिकै छ
पिङ तराई र पहाडको बीचमा हुँदा अझै सौदर्यता बढेको छ । आधुनिक पिङ नयाँ भएकाले यहाँ अन्यको खासै व्यवस्थापन नभएको बताउदै यसलाई व्यवस्थापन गर्नु सकेमा अझै हेर्न तथा पिङ खेल्न आउने नागरिकहरुको बढि भिडभाड बढ्न सक्ने अनुमान उनको रहेको छ । सदूरपश्चिम प्रदेशमै पहिलो पटक आधुनिक पिङ सञ्चालन गरेकोमा सञ्चालक टिमलाई धन्यवाद समेत उनले दिएका छन् ।
पिङ सम्म पुग्ने बाटो मात्र सहि ढंगको भएमा कैलाली र कञ्चनपुरका पर्यटकहरु आईरो लाग्ने गोदावरी नगरपालिका वडा नम्बर ३ का नरबहादुर रावतले बताए । ‘तराईमा गर्मी भएको समयमा चिसो वातावरणमा रमाउन पुग्नेहरु चुरेमा दैनिक पुग्छन्’, उनले भने । ‘चुरेमा पुगेकाहरुलाई पिङ भएको क्षेत्र सम्म पुग्न वातावरण सञ्चालन गर्नेले गर्न आवश्यक छ ।’ उनले अहिले टिकटकले गर्दा पनि यस्ता क्षेत्रमा पर्यटकहरु पुग्ने गरेका बताए ।
आधुनिक पिङ सञ्चालनमा ल्याएको २ हप्ता मात्रै भएको सञ्चालक पुस्कर जोशीले बताए । यहाँका स्थानीयहरु मनोरञ्जनकै लागि अन्य ठाउँमा जाने भएकाले अब आफ्नै गाउँ ठाउँमा पर्यटकीय क्षेत्र बनाउनपर्छ भन्ने उद्देश्यले सञ्चालन गरेको बताउदै आधुनिक पिङ सञ्चालन गर्दा सबैबाट राम्रो प्रतिक्रीया पाएको उनको भनाइ छ ।
स्थानिय तहबाट पनि राम्रो प्रतिक्रीया पाएको बताउदै पिङ मात्रै नभइ केहि दिनमा अन्य कुराको पनि व्यवस्थापन गर्ने उनले जानकारी दिए । गोदावरी पर्यटकीय क्षेत्र भएकाले यसलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यले आधुनिक पिङ सञ्चालन गरिएको अर्का पिङ सञ्चालक हिक्मत महराले जानकारी दिए । पिङ निर्माण गर्दा धेरै ठुलो लगानी र समय लागेको बताउदै आगामी दिनमा पिङसंगै जिपलाइन पनि सञ्चालन गर्नेे योजना रहेको उनको भनाइ छ । यस क्षेत्रलाई अन्तराष्ट्रिय स्थरमा चिनाउने र घर परिवार तथा अन्य ठाउँबाट राम्रो सहयोग पाइरहेको उनले बताए । यस्ता पिङ क्षेत्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नमा राज्यको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
आधुनिक पिङ खेल्न आउने एक जनालाई ३ सय र दुई जनालाई ५ सय रुपैया शुल्क लगाउने गरिएका