माध्यमिक तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ,४ साउन : माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन् ।

शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ।

यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ। मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन्। ९६ जनाको परीक्षा रद्ध गरिएको छ।

गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन् । माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको गत असार १८ गते लिइएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.