महाकाली–सेतीमा वहाव बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पर्ने महाकाली, सेती र कर्णाली नदीहरुमा पानीको वहाव बढ्ने पूर्वानुमान गरिएको छ। प्रदेशमा भारी वर्षा भइरहेकाले यी नदीसँगै अन्य साना नदीहरूको वहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले प्रदेशका ९ ओटै जिल्ला आसपास भइ बग्ने नदीहरुको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.