अत्तरिया : महाकाली नदीमा पानीको बहाव बढेको छ। अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ। महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ।
पानीको बहाव बढेपछि पुलबाट गाडीले आवातजावत गर्दा जोखिम हुने भन्दै बन्द गरिएको प्रहरीले जनाएको छ ।