अत्तरिया : सशस्त्र प्रहरीले धनगढीबाट स्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपया सहित सशस्त्र प्रहरीको केन्द्रिय ब्युरो टोलिले दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र पहरी वल नम्बर ३४ गण कैलालीका अनुसार शनिबार बिहान साढे ५ बजेको समयमा ब्युरो टोलिले सो रकम सहित २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिटोलका १७ बर्षीया विबेक चन्द र सोही ठाउका १८ वर्षीय सरोज धामी छन् । यस बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिएका छन् ।
सम्बन्धित पाेस्टहरु