अत्तरिया, ८ साउन : एक पछि अर्को राष्ट्रघाति कदम उठाउँदै राजनीतिक दलहरुले देशको अस्तित्व संकटमा पार्नथालेका भन्दै कैलालीका ६ जना नेताले विभिन्न पार्टी परित्याग गरेका छन । नेपाली कांग्रेस र नेकपा एमाले, विवेकशिल साझा पार्टी, नेकपा एकिकृत समाजबादी पार्टी परित्याग गरेको शनिबार एक कार्यक्रम गरी घोषणा गरेका हुन ।
पार्टी परित्याग गर्नेमा नेकपा एमालेका प्रदेश कमिटि सदस्य एवं व्यवसायी राजेश भण्डारी, विवेकशिल साझा पार्टीका प्रदेश सदस्य एवं प्रदेश सचिव मोहनराज शर्मा, नेकपा एकिकृत समाजबादी पार्टीका प्रदेश कमिटि सदस्य रोम स्वार, नेपाली कांग्रेसका प्रदेश प्रतिनीधि सम्राट ठकुरी, विवेकशिल साझा पार्टीका प्रदेश कमिटि सदस्य एवं प्रक्ता दानबहादुर रावल लगायतका नेता रहेका छन् ।
नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाति सम्झौता गर्दै दलहरुले देशको अस्तित्व नै संकटामा पर्ने काम गरेको भन्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
‘हिन्दुराष्ट्र नेपालको पहिचान हो, जनताको चाहना पनि नेपाललाई हिन्दु राष्ट्र रहिरहोस् भन्ने चाहन्छन्,’ एमाले प्रदेश कमिटि सदस्य पद परित्याग गरेको घोषणा गरेका नेता राजेश भण्डारीले भने, ‘धर्म संस्कृतिको जगर्ने गर्ने काममा दलहरुको ध्यान छैन, तर जनताको चाहना विपरित दलहरु नागरिकता विधेय, एमसीसी जस्ता देशको अस्तित्व समाप्त पार्ने राष्ट्रघाति सम्झौता धमाधम गर्न थालेपछि त्यसता पार्टीमा नबस्ने निर्णय गरियो ।’
उनले दलहरु आफ्नो स्वार्थका लागि गठबन्धनमा रुमलिएका तर देश र जनताका लागि जिम्मेवार बन्न नसक्दा नागरिकमा उनिहरुप्रति आक्रोस बढ्न गालेको बताए ।
‘देशमा भ्रष्ट्राचारको वेथिती छ, महंगिले जनताको ढाड सेकेको छ,’ उनले भने, ‘राजनीतिक दलहरु विदेशीलाई नागरिकता दिन र विदेशीका चाहना पुरा गर्न देशलाई वेच्न पनि तयार भइरहेका देखिन्छन्, यस्ता दल र नेतालाई सवै देशभक्त नागरिकले एक्ल्याउनु पर्छ, हैन भने नेपालेको अस्तित्व शंकटमा पर्ने निश्चित छ ।’ पार्टी परित्याग गरेका नेताहरु केहि दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने जनाएकाे छ ।
सम्बन्धित पाेस्टहरु