काठमाडौँ : नेकपा एमालेका सांसद झपटबहादुर रावलले निर्मला पन्तका हत्यारालाई कहिले सार्वजनिक गर्ने भनेर सरकारलाई प्रश्न गरेका छन्।
मंगलबार जारी प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले सदनमा भने, ‘कांग्रेसको नेतृत्वमा सरकार बनेको १ बर्ष १५ दिन भयो, निर्मला पन्तको हत्या भएको ४ वर्ष भयो। हत्यारालाई कहिले सार्वजनिक गर्नुहुन्छ भनेर सरकारलाई सोध्न चाहन्छु, हिजो प्रतिपक्षमा बसेर निर्मला पन्तको हत्यारा सार्वजनिक गर भनेर एमालेको सरकारलाई दबाव दिने नेपाली कांग्रेस अहिले सरकारमा छ, सरकारले हत्यारा कहिले पत्ता लगाएर सार्वजकिन गर्छ ?’
निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न सांसद गंगा चौधरीले पनि माग गरेकी छन्