बाल मैत्री विद्यालय भवन निर्माण

जगदीश रोकाया
बझाङ, १८ साउन : बझाङको केदारस्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिकाका विद्यालयहरुमा बालमैत्री विद्यालय भवनहरु निर्माण हुन थालेका छन । बल्डभिजन र प्रगतिशिल युवा समाजको साँझेदारीमा भवन अभाव भएका विद्यालयमा नयाँ डिजायनका बालमैत्री भवनहरु निर्माणहुन थालेका हुन । जयपृथ्वी नगरपालिकाको जालपा आधारभुत विद्यालय, जोशी गाँउ नवादेउ आधारभुत विद्यालय, ग्वानी साथै निलकट्टी मावी दैकुमालामा संस्थाले सुुविधा सम्पन्न बालमैत्री भवनहरु निर्माण गरिदिएर हस्तान्त्रण समेत गरेको छ ।
२ कोठे भवनहरु अपांगमैत्री रहेका छन् । साथै भवनको बाहिर भित्र बालबालिकालाइ काम लाग्ने चित्रहरु गणितका हिसाव र अन्य जानकारी मुुलक सामग्रीहरु लेखेर आकर्षण बनाएको हुदाँ विद्यार्थीहरुको पढाइमा हौसल बढाएको छ ।
हाम्रो विद्यालयमा भवनको निकै अभाव थियो । नवादेउ आधाभूत विद्यालय ग्वानीका प्रधाना ध्यापक उत्तम बोहराले भने ‘बल्डभिजन संस्थाले दुुई कोठे भवन बनाइ दिएपछि पठनपाठनमा निकै सहज भएको छ ।’ भवनको अभावमा विद्यार्थीको पठन पाठनमा बाधा पुुगेको विद्यालयमा संस्थाले भवन सहयोग गरेको प्रगतीशिल युवा समाजका टिमलिडर लवराज जोशीले जानकारी दिए । उनले भने ‘समाबेशी तथा गुुणस्तरीय शिक्षा परियोजना अन्तरगत निर्माण गरिएका विद्यालय भवन र शौचालयहरु बालमैत्री अपांग मैत्री र भुुकम्प प्रतिरोधक समेत रहेका छन ।
बल्डभिजन संस्थाले जिल्लाका दुइपालिका जयपृथ्वी नगर पालीका र केदारस्युँ गाँउपालिकामा बालबालीकाहरुको शैक्षिक सुधारका लागी शिक्षकहरुलाइ तालिम शैक्षीक सामग्री वितरण, विद्यार्थीहरुलाइ पोषाक कापी कलम, भवन निर्माणमा सहयोग गर्दै आएको बल्डभिजनका जिल्ला संयोजक तिलक केसीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.