दोधाराचाँदनी सुख्खा बन्दरगाहलाई सरकारले अघि बढाउँछ : उद्योगमन्त्री बडू

कञ्चनपुर, १८ साउन : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रशाद बडूले सरकारले दोधाराचाँदनी सुख्खा बन्दरगाहलाई अघि बढाउने बताएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघको १७ औँ कार्यकारणी समितिको सपथ तथा पदभार स्थापना कार्यक्रममा उद्योगमन्त्री बडूले सुख्खा बन्दरगाहलाई अघि बढाउने बताएका हुन । मन्त्री बडूले सरकारले औद्योगिक क्षेत्र प्राथमिकतामा राखेको समेत बताए ।

उद्योगमन्त्री बडूले अर्थतन्त्र सुधार, सम्बृद्धिका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेकोले सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतमा राखेर थुप्रै कार्यक्रम संचालन गरेको बताए । बन्द उद्योग संचालन गर्ने सरकारको नीति रहेको बताउदै मन्त्री बडूले चालु बर्षदेखि प्रधानमन्त्री राष्ट्रिय उत्पादन उपभोग कार्यक्रम सचालन हुने बताए । औद्योगिक क्षेत्र विस्तारका लागि निजी क्षेत्रसंग साझेदारी सहकार्य समेत आवश्यक रहेको बताए ।

दैजी औद्योगिक क्षेत्रको समेत रुख काट्ने र छपानको काम अन्तिम चरणमा भएकाले सरकारले पूर्वाधार निर्माण गर्ने र निजी क्षेत्रबाट चलाउनुपर्ने बताए । कैलालीको हरैया क्षेत्रमा पनि चालु बर्षदेखि नै विशेष आर्थिक क्षेत्रको कार्यक्रम संचालन हुने बताउँदै उद्योग मन्त्री बडूले सो कार्यक्रमबाट समेत यस क्षेत्रको आर्थिक विकास हुने अपेक्षा गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.