धनगढी : दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन गरिएको छ ।
०६३ अघि नै सञ्चालन रहेको शाखा ०६३ मा बन्द भएको थियो ।
शाखा कार्यालयको शनिवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्घाटन गरे । उदघाट्न कार्यक्रममा मन्त्री बडुले २०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनिको शाखा कार्यालय पुनस् सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको बताए ।
मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारिकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री बडुले साविक ५ स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको बताए ।
मन्त्री बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । उनले दार्चुला र भारतलाई जोड्न महाकाली नदीमा मोटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेको बताउँदै महाकाली करिडोर निर्माणका लागि नेपाली सेनाले आवश्यक काम गरिरहेकोले यी दुबै काम सम्पन्न भएमा दार्चुलाका साथै यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गरे ।
सम्बन्धित पाेस्टहरु