गोदावरीमा एमालेको प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया : नेकपा एमाले गोदावरीले शनिबार अगुवा कार्यकर्तालाई प्रशिक्षण गरेको छ । स्थानीय चुनावपछि शून्य गतिविधिमा झरेको एमालेले आगामी चुनावको लागी तयार रहन कार्यकर्तालाई प्रशिक्षण गरेको हो ।

प्रशिक्षण कार्यक्रममा एमाले सचिब लेखराज भट्ट ,प्रदेश अध्यक्ष दामोदर भण्डारी लगाएतका नेताहरुले स्थानीय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा एमालेका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पार्टी अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नगर सचिब जिबन शाहले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.