कैलाली क्षेत्र नम्बर ४ बाट सुनिल कुमार भण्डारी चर्चा

धनगढी, २५ साउन : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट काँग्रेसका पुराना नेता सुनिल कुमार भण्डारीले उम्मेदवारी दिने भएका छन् ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पुराना नेता भण्डारीले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो दावी रहेको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्बाचनमा उम्मेदवारी दिने बताए ।

नेपाली काँग्रेसका नेता भण्डारी २०७४ सालको प्रतिनिधि सभाको निर्बाचनमा सोही निर्बाचन क्षेत्रमा नेकपाका उम्मेदवार लेखराज भट्टसंग पराजीत भएका थिए । गत निर्बाचनमा आफू झिनो अन्तरले पराजीत भएकोले यस पटक पार्टीले आफूलाई टिकट दिने भण्डारीको दावी छ । उनले आफ्नो उम्मेदवारी जायज र न्यायोचित भएको बताए ।

नेपाली काँग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्रि शेर बहादुर देउवाका समकालीन नेता भण्डारी बिगतमा तत्कालीन सभापति गिरिजा प्रसाद कोईरालाको अत्यन्त निकट थिए । एक दशक यता भने उनी देउवा निकट छन् । सोही कारण उनले गत निर्बाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट टिकट पाएका थिए । उनी प्रतिनिधि सभाको निर्बाचनमा टिकट दावी गर्ने सुदूर पश्चिमकै सब भन्दा पुराना नेता हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.