संसदीय निर्वाचन : कैलाली क्षेत्र नम्बर ५ (क) मा काग्रेंसबाट बराल

धनगढी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसंगै बिभिन्न दलबाट नेताहरुले आकाक्षां ब्यक्त गरिरहेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा काग्रेंसबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको उम्मेदवारी रहने चर्चा चलिरहँदा क्षेत्र नम्बर ५ कै प्रदेशसभा क मा काग्रेंसबाट नारायण बरालले दावी गरेका छन् ।

नेपाली काग्रेंसका नेता बरालले आफु प्रदेशसभा ‘क’ का लागी बलियो उम्मेदवार रहेको बताएका छन् । बराल आफु टिकट पाउनेमा ढुक्क छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढी उप महानगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष निर्वाचित भएका बराल चर्चित र लोकप्रिय वडा अध्यक्षका रुपमा चिनिन्छन् ।

‘म आफु भन्दैन जनताले मेरो काम राम्रोसंग देखेका छन् बरालले भने “वडा नम्बर ८ मा कस्तो काम गरेको छु जनता र पार्टीका नेता कार्यक्रता सबैलाई थाहा नै छ, त्यस कारण जनताले अब प्रदेशसभा सदस्य बन्नुपर्छ भनेर भनिराख्नुभएको छ र मेरो दावी हो” उनले भने ।

जनताका सबै मुद्धालाई मैले राम्रो संग नियालेको छु, सबै जनतालाई भेटेको छु उनले भने “थुप्रै मेरा जित्ने आधार छन्, जनताका बिचमा राम्रोसित म भिजेको छु, यस कारण पार्टीले मलाई टिकट दिनेमा ढुक्क छु ।’ उनी कोरोना कालमा आफ्नो ज्यान जोखिममा राखेर कोरोना संक्रमितको उद्धारमा खटिएका व्यक्ति हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.