अत्तरिया : कैलालीको नगरपालिका हरैयामा १५ तलाका फाइभ स्टार होटेल बन्ने भएको छ । सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउने अभियानलाई साथ दिन एक निजी कम्पनीले होटेल खोल्न लागेको हो ।
होटेलको शनिबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शंशाक कोइरालाले शिलान्यास गरे । उनी प्रभु एअरको निजी हेलिकोप्टरबाट होटेलको शिलान्यास गर्न यँहा आएका हुन ।
गोदावरी–७ मा रहेको २३ बिघा जग्गा खरिद गरेको पोखराको आईडिया ग्रुपले आईडिया होटेल एण्ड क्यासिनो खोल्न लागेको हो । उसले २ बिघामा होटेल खोल्ने भएको छ । होटेल नेपाल कै ठुलो हुने आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठको दाबी छ । होटेलमा १५० वटा कोठा रहने छन । कम्पनीले होटेलमा २ अर्ब भन्दा बढि लगानी लाग्ने दाबी गरेको छ । भारतिय ग्राहकलाई लक्षित गर्दै आधुनिक क्यासिनो पनि होटेलमा रहने छ । होटेलको १५ औँ तलामा हेलिप्याड निर्माण गरिने कम्पनीले जनाएको छ ।
होटेल संगै उक्त जमिनमा कम्पनीले अत्याधुनिक आईडिया सिटी पनि बनाउने योजना सार्बजनिक गरेको छ । शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधी, स्थानीय ब्यबसायी र अन्य स्थाजनीयको सहभागिता रहेको थियो । होटेल बनेमा यस क्षेत्रमा ठुलो रोजगारी सृजना हुनुका साथै यस क्षेत्रको ब्यापार ब्यबसायमा ठुलो योगदान हुनेमा स्थानीयले अपेक्षा गरेका छन् ।