गेटा मेडिकल कलेज संचालनका विषयमा प्रधानन्त्री देउवा र मुख्यमन्त्री भट्ट बीच छलफल

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा निर्माणधिन प्रस्तावित गेटा मेडिकल कलेज संचालनका बिषयमा प्रधानन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बीच छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री र मुख्यमन्त्री बिच गेटा मेडिकल कलेज संचालनका बिषयमा आईतबार छलफल भएको हो ।

छलफलमा सेती प्रादेशिक अस्पताललाई ५ सय बेडमा स्तरोन्नति गर्ने बिषयमा पनि छलफलन भएको जनाएको छ । उक्त भेटघाट कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पनि सहभागि थिए ।
यसअघि मुख्यमन्त्री भट्टले सेती अस्पतालमा ५ सय वेड संचालनका लागि अनुमति लिने प्रक्रियाका बारेमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ संग छलफल भएको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.