Agni Offset Press

कांग्रेस बिपी कञ्चनपुरको संयोजकमा सिंह

Aarati simant

अत्तरिया : नेपाली कांग्रेस (बिपी) कञ्चनपुरको संयोजकमा प्रकाश बहादुर सिंह चयन भएका छन्। नेपाली कांग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लको उपस्थितीमा भएको भेलाले सिंहलाई संयोजक चयन गरेको हो ।

यो सँगै चार दशक कांग्रेसको राजनीतिमा सक्रिय रहेका सिंह कांग्रेस बिपीमा प्रवेश गरेका छन् । विसं २०३३ सालदेखि नेपाली कांग्रेसको राजनीति थालेका सिंहले विसं २०५२ सालदेखि दुई कार्यकाल कांग्रेस कञ्चनपुरको कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
सिंहको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । समितिका सदस्यहरुमा कर्णबहादुर देउवा, नारायण प्रसाद बोहरा, धर्मराज जोशी, हसिना मगर, मिनबहादुर साउद, आनन्दी राना र हरिशंकर राना रहेका छन् ।

समितिले पार्टी कार्यालय स्थापना गरी संगठन विस्तार गर्ने निर्णय गरेको छ । भदौ १६ गते जिल्ला कार्य समितिलाई पूर्णता दिइने नेपाली कांग्रेस ( बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.