कसैले भन्दैमा प्रदेश सरकार खारेज हुदैन : मुख्यमन्त्री भट्ट

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कसलै भन्दैमा प्रदेश सरकार खारेज नहुने बताएका छन् । ‘नेपालको संविधान अनुसार तीन तहको सरकार हुने व्यवस्था रहेको छ’ बिहिबार धनगढीमा राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समिति द्वारा आयोजित संघीय शासन प्रणली विषयक अन्र्तक्रिया कार्यक्रममा उनले भने । ‘प्रदेश सरकार गलत भएको भए । आसन्न मंसिरमा हुने निर्वाचनमा जनताले पाखा लगाइहाल्छन् । कसैले अहिले नै हल्ला गर्न आवश्यक छैन ।’ उनले स्थानीय र प्रदेश सरकारले कतिपय आफ्नो अधिकार भित्र रहेको कानुनहरु कार्यान्वयन हुन नसकेको बताए । ‘आफुलाई दिएका अधिकार भित्र काम नगर्ने’, उनले भने । ‘अरुलाई मात्र दोष दिएर उम्किने भानीको विकास हुँदै गएको छ ।’

उनले प्रहरी समायोजन नहुँदा प्रदेशमा समस्या भएको उल्लेख गरे । प्रदेश सरकारले पाँच बर्षमा धेरै काम गरेको छ । तर, सतहमा केहि पनि भएको छैन भन्ने हल्लाले गर्दा धेरै आसंका उब्जिएको उनको भनाई रहेको छ । प्रदेश सरकार गठन भईसकेपछि धेरै विकास निर्माणका कार्यहरु भएको उनले दावी गरे । २००७ देखि २०७४ सम्म सुदूरपश्चिममा नभएको विकास पाँच बर्षमा भएको उनको भनाई रहेको छ । यद्यपी निर्माण भएका पूर्वाधारमा गुणस्तरीयतामा प्रश्न उठन् सक्छ यसमा सबै सचेत रहन आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.